बुधबार, भदौ २४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गोरखाको ताकुमा एम्बुलेन्स खरिदका लागि सांसद प्रकाशचन्द्र दवाडीको सहयोग


  • माउन्टेन खबर
  • बिहिबार, अशोज २२, २०७७
  • 975
    SHARES

काठमाडौं । समृद्ध ताकु युवा समाजको एम्बुलेन्स खरिद अभियानका लागि गोरखा क्षेत्र नम्बर २ (ख) का सांसद प्रकाशचन्द्र दवाडीले ५१ हजार १११ रुपैयाँ सहयोग गरेका छन्। जिल्ला तथा आफ्नो निर्वाचन क्षेत्रका कयौँ ठाउँमा सहयोग गरेका सांसद दवाडीले बारपाक सुलिकोट गाउँपालिकास्थित समृद्ध ताकु युवा समाजको एम्बुलेन्स खरिद अभियानमा सहयोग गरेका हुन्।

वर्षौँदेखि ‘मेरो राजनीति समाजकै टेवाका लागि, मेरो राजनीति तपाइँरुकै टेवाका लागि’ भन्ने अभियानका साथ समाजसेवासँगै राजनीतिमा सफल उनले बोल्ने भन्दा पनि आफू कर्ममा विश्वास गर्ने व्यक्ति भएको बताउँछन्।‘राजनीति पेशा बनाएर जनतालाई सधैँ झुट र लुटतन्त्र नगर्न मेरो सबैलाई आग्रह छ,’ सांसद दवाडीले भने, ‘समाज सेवा मेरो पहिलो काम हो विरोध गर्नेको मुख थुक्ने काम म काम मार्फत नै सक्षम छु बोलेर हैन। म जनप्रतिनिधि भएकोले मेरो निर्वाचन क्षेत्रका हरेक जनताको पिडामा मल्हम लगाउन हरदम तयार छु।’ उनले आफू समाजसेवामै सधैँ तल्लिन भएर लाग्ने र लागिरहेको पनि बताए।

समृद्ध ताकु युवा समाजले एम्बुलेन्स खरिद अभियानमा सहयोग गर्न चाहनेले समृद्ध ताकु युवा समाजकै ग्लोबल आइएमई बैंक बनस्थली खरिबोट शाखामा जम्मा गर्न सकिने जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)