सोमवार, कार्तिक १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कर्णालीमा मन्त्रीपरिषद् विस्तार


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख १८, २०८१
  • 219
    SHARES

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रीमण्डल बिस्तार गर्नुभएको छ । मुख्यमन्त्री कँडेलले नेकपा माओवादी केन्द्रका ३ र नेकपा एमालेका २ जनालाई मन्त्री एक जनालाई राज्यमन्त्री नियुक्ति गर्नुभएको छ ।

माओवादीबाट मन्त्री हुनेमा कालिकोटका दुर्गबहादुर रावत, रुकुम पश्चिमका महेन्द्र केसी र डोल्पाका वीरबहादुर शाही रहनु भएको छ । केसीले आर्थिक मामिलामन्त्री, शाहीले सामाजिक विकास र रावतले उद्योग वन तथा पर्यटन मन्त्रालयको जिम्मेववारी पाउनु भएको छ । यस्तै यसअघि बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका रणसिंह परियारले उर्जा मन्त्रालयको जिम्मा पाउनु भएको छ।

मुख्यमन्त्री कँडेलले आफ्नो दल एमालेबाट भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनोद कुमार शाहलाई नियुक्त गर्नुभएको छ । सांसद गोमता विकलाई भौतिक राज्यमन्त्रीको जिम्मेबारी दिईएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री कँडेल आफैंले राख्नु भएको छ ।

नब नियुक्तमन्त्रीहरुलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)