सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतीय केन्द्रीय मन्त्री एवं दलित नेता राम विलास पासवानको निधन


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज २३, २०७७
  • 1.6K
    SHARES

नयाँदिल्ली। भारतीय केन्द्रीय मन्त्री एवं दलित नेता राम विलास पासवानको ७४ वर्षको उमेरमा निधन भएको छ । मुटुको शल्यक्रिया गराएका पासवान दिल्लीमै उपचारका क्रममा थिए ।

भारतीय राजनीतिमा चर्चित व्यक्तित्व पासवान लामो समयदेखि बिरामी रहेको भारतीय संचार माध्यमहरूले बताएका छन् ।

आठ पटक लोकसभा सदस्य रहेका पासवान पछिल्लो समय राज्य सभामा सदस्य थिए । उनी पटकपटक मन्त्री समेत बनेका अनुभवी नेता थिए ।

उनी काँग्रेस नेतृत्वको युपिए र भाजपा नेतृत्वको एनडिए दुबैमा रहेर मन्त्री बन्न सफल भएका थिए । उनका छोरा चिराग पासवान पनि भारतीय राजनीतिमा सकृय छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)