मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतमा खुम्चन सक्ने विश्वबैंकको प्रक्षेपण


  • माउन्टेन खबर
  • आइतवार, चैत्र ३०, २०७६
  • 395
    SHARES

विश्व बैंकले कोरोना महामारीका कारण नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतदेखि २.८ प्रतिशतको बीचमा रहन सक्ने प्रक्षेपण गरेको छ । कोरोनाका कारण विश्वभर एक लाख भन्दा धेरै मानिसहरुको मृत्यु भइसकेको, यो बढ्दो क्रममा रहेकाले अन्य देशहरुमा झै नेपालले पनि स्वास्थ्य संकटकाललाई सम्बोधन गर्न अत्यावश्यक कदमहरु चाल्न सुझाइएको छ । जोखिममा रहेका जनसंख्यालाई जोगाउनु, अर्थतन्त्र पुनःस्थापना गर्न सरकारले कुनै कसर बाँकी नराख्न विश्व बैंकले भनेको छ ।

वर्षमा दुई पटक प्रकाशन हुने साउथ एसिया इकोनोमिक फोकस सार्वजनिक गर्दै विश्व बैंकले भनेको छ, ‘दक्षिण एसियाका आठै देशले ठूलो गिरावट ब्यहोर्नेछन् । यस क्षेत्रको सबैभन्दा ठूलो अर्थतन्त्र भारतीय अर्थतन्त्र खुम्चदा क्षेत्रीय आर्थिक वृद्धिदर कमजोर हुनेछ ।’

यसले सबै आर्थिक गतिविधि, व्यापार, रेमिट्यान्समा असर पारेको छ भने सबैभन्दा ठूलो दबाब बैंकिङ क्षेत्रमाथि सिर्जना गरेको छ । दक्षिण एसियाको आर्थिक वृद्धिदर १.८ देखि २.८ प्रतिशत हुने अनुमान छ । ६ महिनाअघि ६.३ प्रतिशतको आर्थिक वृद्धिदर अनुमान गरिएको थियो ।

पछिल्लो ४० वर्षमा यो सबैभन्दा खराब अवस्था रहेको विश्व बैंकले जनाएको छ । दक्षिण एसियाका धेरै जसो देश लकडाउनमा छन् । आगामी वर्ष भने ३.१ देखि ४ प्रतिशत आर्थिक वृद्धिदर हुनसक्छ, यसअघि आगामी वर्षलाई ६.७ प्रतिशत आर्थिक वृद्धिदर आँकलन गरिएको थियो । महामारी लम्बिएसँगै नेपालमा पनि व्यापार, सेवा र औद्योगिक क्षेत्रमा तीव्र संकुचन आइरहेको छ । कोरोना भाइरसका कारण सिर्जित महामन्दीको चपेटामा परेको अर्थतन्त्र पुनरुत्थानका लागि २०२२ सम्म पर्खनुपर्ने विश्व बैंकको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }