रसुवामा भालुको आक्रमणमा परि एक जना घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका ६ नागुङका ४२ वर्षिय सार्की घले रहेका छन् । बाख्रा चराउन गएका घलेलाई आइतबार साँझ करिब ५ बजे भालुले आक्रमण गरेको हो ।
भालुको आक्रमणबाट घलेको टाउकोमा गम्भिर चोट लागेको छ । रसुवा अस्पताल धुन्चेमा सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाण्डौ पठाइएको रसुवा अस्पताल धुन्चेले जनाएको छ ।
पछिल्लो समय जंगली जनावरको जोखिम उच्च रहेको स्थानियहरुले गुनासो गरेका छन् ।
