शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

हर्कको ‘जवानी लिलाम भो’ अस्मिता जुरेली ( भिडियो )


  • माउन्टेन खबर
  • आइतवार, असार १०, २०८१
  • 308
    SHARES

काठमाडौं –  अमेरिका निवासी  गायक  हर्क चाम्लिङले  नयाँ सांगीतिक सौगात ‘जवानी लिलाम भो’  सार्वजनिक गरेका छन्। मुनाल शिशिर कोइरालाको शब्द रहेको यस गीतमा संगीत वसन्त सापकोटाको संगीत रहेको छ।  गीतलाई पुस्कर सुनुवारले  संगीत संयोजन गरेका हुन्।

राजनीति भित्रको फोहरको कथामा  आधारित रहेर म्युजिक भिडियोको  कथा तयार पारिएको छ।  भिडियोमा  दिक्पाल कार्की, जी.वी. चिरन, चिरन्जीवी सापकोटा, अस्मिता जुरेली, समीप निरौला, राज कुमार, गौरव हमाल, मनिसा लामा, जितेन्द्र रावल, आशा खत्री, अञ्जु गुरुङ र समिक्षा सानुको अभिनय रहेको छ।

राजेश घिमिरेले छायाँकन गरेको भिडियोलाई अर्जुन पोखरेलले सम्पादन  गरेका छन् । देवी राई  निर्मात्री रहेको यस  म्युजिक भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो। भिडियो गायक चाम्लिङको युट्युव च्यानल ‘हर्क चाम्लिङ अफिसिएल’ मार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)