बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मुख्यमन्त्री अविश्वास

नेकपाको कर्णाली प्रदेशसभाभित्रको विवाद पार्टीका अध्यक्षद्वयको आपसी परामर्शमा समाधान हुने


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक १, २०७७
  • 518
    SHARES

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेशसभाभित्रको विवाद पार्टीका अध्यक्षद्वयको आपसी परामर्शमा समाधान हुने भएको छ ।

सो प्रदेशसभामा रहेका नेकपाका बहुमत सदस्यले पार्टीको प्रदेशसभा दलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध गत साता अविश्वासको प्रस्ताव दर्ता गरेपछि विवाद बाहिरिएको थियो ।

विवाद बढेपछि पार्टीको नेतृत्वले चासो दिन थालेपछि असन्तुष्ट प्रदेशसभा सदस्यहरु काठमाडौँ आएर राजनीतिक भेटघाटमा जुटेका थिए । उनीहरुले आज पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्ना कुरा राखेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले आफू र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बसेर यस विवादको समाधान गर्ने जनाउनुभएको प्रदेश सांसद गुलाबजंग शाहले जानकारी दिनुभयो ।

उहाँले पार्टी नेतृत्वको निर्णय र निर्देशन आफूहरुलाई मान्य हुने स्पष्ट गर्नुभयो । ती सदस्यले शुक्रबार अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि भेटेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)