आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना अपडेट

भारतमा सङ्क्रमितको संख्या ७५ लाख नाघ्यो


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक ३, २०७७
  • 452
    SHARES

नयाँ दिल्ली । भारतमा सोमबार कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ७५ लाख नाघेको छ । सोमबार बिहानसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना सङ्क्रमित संख्या ७५ लाख ५० हजार २७३ पुगेको छ ।  यस सङ्क्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख १४ हजार ६१० जना पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ  ।

भारतमा गत २४ घण्टामा ५५ हजार ७२२ जनामा थप सङ्क्रमण देखिएको र कोरोना सङ्क्रमणको कारण ५७९ जनाको मृत्यु यहाँको परिवार तथा स्वास्थ्य मन्त्रालयलले जानकारी दिएको छ ।

अझै पनि भारतभरी ७ लाख ७२ हजार ५५ व्यक्ति संक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाको सङ्क्रमण देखा परेयता हालसम्म ६६ लाख ६३ हजार ६०८ जना सङ्क्रमित व्यक्तिहरु कोरोना भाइरस मुक्त भएका छन । सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ ।

भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या अहिले आठ लाखभन्दा कम भएको छ । यसअघि नौ, दश लाख सङ्क्रमितहरु रहने गरेकोमा केही यताबाट घटेर आठ लाखभन्दा कम भएको अधिकारीहरुले जनाएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले गत शनिबार दिएको जानकारीअनुसार पछिल्लो ४५ दिनयता सङ्क्रमित अवस्थामै रहेकाहरुको यो सङ्ख्या अहिलेसम्मकै कम हो ।

कोरोनाको सङ्क्रमण देखा परेयता भारतमा सोमबारसम्म ९ करोड ५० लाख ८३ हजार ९७६ व्यक्तिलाई कोरोना भाइरस भएको या नभएको परिक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिल (आइसीएमआर) ले जानकारी दिएको छ ।

जोन्स हकिन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार कोरोना भाइरसको सङ्क्रमणको कारण विश्वभरि हालसम्म ११ लाख भन्दा बढीको मृत्यु भएको छ  । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) का कारण विश्वमा चार करोड भन्दा बढी मानिस सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)