आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लोकतन्त्रलाई व्यवस्थित गरेर लैजानुपर्छ: प्रथम राष्ट्रपति यादव


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक १३, २०८१
  • 113
    SHARES

जनकपुर – नेपालका प्रथम राष्ट्रपति डा।रामवरण यादवले लोकतन्त्रलाई व्यवस्थित गरेर लैजानुपर्ने बताउनुभएको छ ।

सोमवार जनकपुरमा राजर्षिजनक विश्वविद्यालयको ७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूहरूले आन्दोलनबाट तानासाह हटाएको र सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याएको बताउनु भयो । उहाँले अहिलेको लोकतन्त्र समावेशी रहेको उल्लेख गर्नुभयो । उहाँले शिक्षा र स्वास्थ्यमा सबैको पहुँच पुर्‍याउनुपर्ने आवश्यकता औँल्याउनु भयो । उहाँले तराईको जङ्गल मासिँदै गएको उल्लेख गर्दै पानी सकिएपछि कहाँबाट ल्याउने भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले तानासाहलाई हटायौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा छौँ । लोकतन्त्रमा छौँ । समावेशी लोकतन्त्र छ । यसलाई व्यवस्थित गरेर लैजानुपर्छ । र शिक्षा, स्वास्थ्यमा सबैको पहुँच पुर्‍याउनुपर्छ । प्रकृति नरहे हामी रहँदैनौँ । तेल त हामी भारततिरबाट ल्याउँछौँ । तर पानी जुन दिन सकिन्छ, पानी कहाँबाट ल्याउने रु तराईको जङ्गल मासिरहेको छ ।’

प्रथम राष्ट्रपति डा। यादवले मधेसको शैक्षिक गुणस्तर घट्दै गइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)