आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना कहर

युरोपमा कोरोना संक्रमणको दोस्रो लहर

दैनिक झण्डै ४० प्रतिशतले बढ्यो मृत्यु


  • माउन्टेन खबर
  • बुधबार, कार्तिक १२, २०७७
  • 405
    SHARES

बीबीसी । युरोपमा कोभिडका कारण मृत्यु हुने सङ्ख्या गत साताको भन्दा झण्डै ४० प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ।

सङ्गठनकी प्रवक्ता डाक्टर मार्गरेट ह्यारिसले फ्रान्स, स्पेन, युके, द नेदर्ल्याण्डस्‌ र रुसमा धेरै सङ्क्रमित देखिएको र एक तिहाइले वृद्धि भएको बताएकी हुन्। अहिलेको चिन्ता भनेको धेरै बिरामी मानिसहरूले अस्पतालका सघन उपचार कक्षहरू भरिन थालेका छन्, उनले सचेत गराइन्।

रुसमा एकै दिनमा ३२० जनाको मृत्यु भएर अहिलेसम्म कै सर्वाधिक सङ्ख्या बनेको छ। अहिलेसम्म त्यहाँ कोभिडका कारण २६ हजार ५८९ जनाको मृत्यु भइसकेको छ।

इटलीमा पनि मृत्यु हुनेको सङ्ख्या तीव्र रूपले बढेको छ। त्यहाँ विगत २४ घन्टामा मात्रै २२१ जनाले ज्यान गुमाएका छन्। मंगलवार अस्ट्रियामा १ हजारभन्दा बढी मानिसहरूले कोभिडका कारण ज्यान गुमाएका छन्।

अमेरिका, भारत, ब्राजिलपछि कोभिड १९ का धेरै सङ्क्रमित रुसमा रहेका छन्। मङ्गलवारमात्रै त्यहाँ १६ हजार ५५० नयाँ सङ्क्रमित देखिएपछि अधिकारीहरूले भिडभाड हुने सबै ठाउँहरूमा मास्क लगाउन अनिवार्य बनाएको छ।

इटलीमा पनि विगत २४ घन्टामा थप करिब २२ हजार नयाँ सङ्क्रमित देखिएको छ। अधिकारीहरूले परीक्षणलाई बढाइएको बताएका छन्।सोमबार नयाँ प्रतिबन्धहरू घोषणा गरिएपछि इटलीभरका सहर र नगरहरूमा प्रदर्शनहरू भएका थिए।

बेल्जियममा अस्पतालहरूमा सङ्क्रमित बिरामीको चाप बढेपछि त्यहाँ सङ्क्रमित चिकित्सकहरूलाई पनि काममा आउन भनिएको छ। बीबीसीको वर्ल्ड एट वान कार्यक्रममा मङ्गलवार बोल्दै प्रवक्ता ह्यारिसले भनिन्यु रोपेली क्षेत्रभर हामीले नयाँ सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्यामा तीव्र रूपमा वृद्धि भएको देखिरहेका छौँ।

उनले विगतको साताको तुलनामा दैनिक सङ्क्रमितको सङख्या एक तिहाइले र मृत्यु हुनेको सङख्या झण्डै ४० प्रतिशतले बढेको बताएकी छन्।अस्पतालको क्षमता र व्यवस्थापनमा राम्रो सुधार गरिएको भए पनि, थुप्रै देशका अस्पतालहरू छिट्टै भरिँदै छन्, उनले भनिन्।

थुप्रै युरोपेली देशहरूमा लगाइएका नयाँ प्रतिबन्धहरू कति प्रभावकारी भए भन्ने कुराको विश्लेषण दुई सातामा मात्रै गर्न सकिने उनले बताइन्।हामीले सङ्क्रमितको सङख्या घट्दै गएको देख्छौँ तर त्यो रातारात देखिने कुरा होइन, सङ्गठनकी प्रवक्ताले भनिन्। दोस्रो लहर पहिलोभन्दा बढी खराब हुन्छ भन्ने प्रश्नको जवाफमा उनले भनिन् हामीले फरक खालको वृद्धि देख्नेका छौँ।

राम्रो खबर भनेको रोगको अवस्थाबारे हाम्रा अस्पतालहरू पहिलेभन्दा जानकार छन् र अर्को राम्रो कुरा भनेको धेरै बिरामी नहुने उमेर समूहमा सङ्क्रमण धेरै देखिएको छ। यी दुई कारणले एप्रिलमा देखिएजस्तो मृत्यु हुनेको सङ्ख्यामा धेरै खराब अवस्था नदेखिनसक्छ, डाक्टर ह्यारिसले भनिन्।

यसबीच युकेको इम्पेरिअल कलेज लन्डनका अनुसन्धानकर्ताहरूले कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसहरूमा जुन महिनादेखि सेप्टेम्बर महिनाको बीचमा करिब एक चौथाइले एन्डीबडी घटेको पाइएको बताए। कोरोना भाइरस सङ्क्रमणपछि मानिसहरूको प्रतिरक्षात्मक एन्टीबडी एकदमै तीव्र गतिमा घटेको पाइएको उनीहरूले बताएका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)