आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इच्छा मृत्यु

‘इच्छा मृत्यु’ को पक्षमा न्युजिल्याण्ड

६५.२ प्रतिशतभन्दा बढी मतदाता इच्छा मृत्युको पक्षमा


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक १४, २०७७
  • 821
    SHARES

न्युजिल्याण्ड । न्युजिल्याण्डले ‘इच्छा मृत्यु’ को पक्षमा मतदान गरेको छ । यो महिना भएको आम निर्वाचनका दौरान गरिएको जनमत संग्रहमा सो नतिजा देखिएको देशको निर्वाचन आयोगले शुक्रबार जानकारी दिएको हो । न्युजिल्याण्डका जनतालाई इच्छा मृत्युसम्बन्धी ‘इन्ड अफ लाइफ च्वाइस बिल’ नामक कानुनको पक्ष वा विपक्षमा मतदान गर्न भनिएको थियो । यसले दीर्घकालिन र गम्भीर बिरामी भएकालाई उनीहरुको इच्छाअनुसार मर्न सहयता गर्न दिनेछ । प्रारम्भिक नतिजाअनुसार ६५।२ प्रतिशतभन्दा बढी मतदाताले यस कानुनको पक्षमा मतदान गरेका छन् । झण्डै ५ लाख मत अझै गन्न बाँकी रहेको छ । यसको अन्तिम नतिजा नोभेम्बर ६ मा जारी गरिनेछ ।

यदी अन्तिम नतिजा पनि यस्तै आए न्युजिल्याण्ड नेदरल्याण्ड र क्यानडापछि पछि इच्छा मृत्युलाई वैधानिकता दिने राष्ट्र बन्नेछ । प्रधानमन्त्री जसिन्डा आड्र्रेन इच्छा मृत्यु र रमाइलोका लागि गाँजाको प्रयोगलाई वैधानिकता दिने पक्षमा छिन्। यद्यपि, गाँजाको प्रयोगको विषयमा भने ५३.१ प्रतिशत जनता विपक्षमा उभिएको देखिएको छ ।अलजजिरा

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)