आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकी राष्ट्रपतीय निर्वाचनको मत गणना जारी, जो वाइडेनको अग्रता


  • माउन्टेन खबर
  • बुधबार, कार्तिक १९, २०७७
  • 571
    SHARES

अमेरिकामा राष्ट्रपति पदको ऐतिहासिक निर्वाचन सम्पन्न भएको छ र अधिकाँश स्थानमा मतगणना पनि भइरहेको छ । निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो वाइडेनबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

अमेरिकाका ५० वटै राज्य र डिष्ट्रिक अफ कोलम्वियामा शान्तिपूर्ण रुपमानिर्वाचन सम्पन्नभएको समाचार सञ्चार माध्यमले जनाएका छन् ।

अहिले २२४ इलेक्टोरल मतका साथ जो वाइडेनले अग्रता लिइरहनुभएको छ भने ट्रम्पले २१२ इलेक्टोरल मतले पछ्याइरहनुभएको छ ।

विश्वभरका मानिसहरुको प्रतीक्षाका साथ हेरिएको चार वर्षे कार्यकालका लागि सम्पन्न योे निर्वाचनमा सन् १९०८ पछि अधिक प्रतिशतमत खसेको यो पहिलो पटक हो ।

कतिपय स्थानमा मतदान भइरहेको र कतिपय स्थानमामत गणना जारी रहेको हुँदा कति मत खस्यो भनेर भन्न सक्ने स्थिति बनेको छैन तथापि ६६ प्रतिशतको हाराहारीमामत खसेको सर्वेक्षणले जनाएको छ । कोभिडका कारण यसपटक करिब १० करोड मानिसले हुलाक मार्फत अग्रिम मतदान गरेका थिए ।

अमेरिकी समय अनुसार, मंगलवार राति साढे ११ बजेसम्मको मतगणनामा दुवै उम्मेदवारले स्पष्ट अग्रता हासिल गर्न सक्नुभएको छैन ।

राष्ट्रपति निर्वाचित हुनकालागि कुल ५३८ इलेक्टोरल मतमध्ये आधाभन्दा बढी अर्थात् २७० इलेक्टोरल मत आवश्यक पर्छ ।

केही युद्धभूमिका रुपमाचर्चा रहेका नर्थ क्यारोलिना, मिसिगन, जर्जिया, पेन्सिलभेनिया, एरिजोना, ओहायोमा राष्ट्रपति ट्रम्पले अग्रता लिइरहनु भएकोले परिणाम अझै के कसो होलाभन्न सक्ने स्थिति छैन ।

ट्रम्पले चुनाबजित्नुभयो भने यो दोस्रो कार्यकालहुनेछ भने वाइडेनले जितेको खण्डमा उहाँ अमेरिकाकै इतिहासमा सर्वाधिक ज्येष्ठ राष्ट्रपति हुनुहुनेछ ।

यसैबीच, अमेरिकी मतदाताले राष्ट्रपति वाहेक तल्लो सदनका सदस्य, माथिल्लो सदनकासिनेटर र गभर्नरको पनिनिर्वाचनमा सहभागिताजनाएका छन् ।

छ वर्षदेखि सिनेटमा वर्चस्व लिँदै आएको रिपब्लिकनलाइ विस्थापन गर्न डेमोक्रेटिक पार्टीलाई राष्ट्रपति सहित तीनजना सिनेटरको आवश्यकता पर्दछ भने हाउसमा रिपब्लिकनलाई वहुमतलिनकालागि २० जनातल्लो सदनका सदस्यको आवश्यकता पर्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)