काठमाडौं – स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा तीनजनाको नाम सिफारिस भएको छ । सिफारिस समितिले आवेदन स्वीकृति भएका १० जनासँग गत १८ र १९ फागुनमा लिएको प्रस्तुतिकरण र अन्तर्वार्ता पछि तीन जनाको नाम सिफारिस गरेको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार समितिले कार्यकारी निर्देशक पदका लागि कमल पन्थी, डा. कृष्णप्रसाद अधिकारी र डा. रघुराज काफ्लेको नाम सिफारिस गरेको छ ।
कार्यकारी निर्देशक नियुक्तिका लागि निर्णय गर्न स्वास्थ्य मन्त्रालयले गत बुधबार मन्त्रिपरिषद् समक्ष पठाएको प्रस्ताव अब बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ ।
