आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकी राष्ट्रपति निर्वाचन

अमेरिकाको ४६औं राष्ट्रपतिमा जो वाईडेन विजयी

अहिले सम्मको मतगणना अनुसार जो वाईडेनले २८४ ईलोक्ट्रोल भोट , वर्तमान राष्ट्रपति ट्रम्प २१४ ईलोक्ट्रोल भोट


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक २२, २०७७
  • 1.4K
    SHARES

वाशिङ्गटन ।  अमेरिकाको राष्ट्रपतिमा डेमोक्रयाट पार्टीका उमेदवार पूर्व उपराष्ट्रपति जोसेफ वाईडेन विजयी हुनु भएको छ । वाईडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्नुभएको हो ।

गत नोभेम्वर महिनाको ३ तारिखमा सम्पन्न निर्वाचनमा प्रत्यक्ष मतदानमा अगाडि रहनु भएका वाईडेनले ईलोक्ट्रोल कलेजको आवश्यक २७० मत शनिवार पेन्सलभेनियाको मतगणना पश्चात पूरा गर्नु भएको हो ।

यस अगाडि २५३ ईलोक्ट्रोल भोट प्राप्त गरिसक्नु भएका जो वाईडेनले पेन्सल भेनियाको २० मत प्राप्त गरेपछि २७०को सीमा पार गर्नुभएको हो , कूल ५३८ ईलोक्ट्रोल भोट मध्ये वहुमत प्राप्त उमेदवार राष्ट्रपतिमा विजयी हुने सम्वैधानिक व्यवस्था रहेको छ ।

अहिले सम्मको मतगणना अनुसार जो वाईडेनले २८४ ईलोक्ट्रोल भोट प्राप्त गर्नु भएको छ भने वर्तमान राष्ट्रपति ट्रम्पले २१४ ईलोक्ट्रोल भोट प्राप्त गर्नु भएको छ।

वाईडनले जर्जिया,नेभडा र एरिजोनामा पनि अग्रता कायम गर्दे आउनु भएको छ । कानूनी व्यवस्था अनुसार हुलाकवाट समेत मतदान गर्न पाईने भएकाले निर्वाचनको नतिजा प्रकाशनमा केही ढिलाई भएको अधिकारीहरुले वताएका छन् ।

मतगणनाको पूर्ण विवरण आउन भने केही साता सम्म लाग्न सक्ने वताईएको छ । अमेरिकामा नवनिर्वाचित राष्ट्रपति आगामी जनवरी २० मा शपथ ग्रहण पश्चात कार्यभार सम्हाल्ने व्यवस्था रहेको छ । वाईडेनको उपराष्ट्रपतिको रुपमा भारतीय मूलकी कमला हयारिसले कार्य गर्नुहुनेछ ।

वाईडेन लामो समय सम्म सिनेटरको रुपमा कार्य गर्नुभएको थियो भने तत्कालिन राष्ट्रपति वाराक ओवामाको कार्यकालमा उपराष्ट्रपति पदमा कार्यअनुभव हासिल गर्नु भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)