बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

परिसूचकमा सामान्य अङ्कको सुधार


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २३, २०८२
  • 237
    SHARES

काठमाडौँ –  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज एक दशमलव ०३ अङ्कले बढेर दुई हजार ६११ दशमलव ४३ को बिन्दुमा कायम भएको हो ।

आज ३१८ कम्पनीको दुई करोड पाँच लाख ४२ हजार ७६४ कित्ता शेयर ८० हजार ५४ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ७४ करोड ७६ लाख ६८ हजार ८४६ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा जलविद्युत् एक दशमलव ४०, जीवन बीमा शून्य दशमलव १३, उत्पादन तथा प्रशोधन शून्य दशमलव २९, निर्जीवन बीमा समूह शून्य दशमलव ५७ र व्यापार समूह दुई दशमलव ०३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव ३५, विकास बैंक शून्य दशमलव ५०, वित्त एक दशमलव २८, होटल तथा पर्यटन शून्य दशमलव ३३ र लगानी समूह शून्य दशमलव ४१ प्रतिशतले घटेको छ । त्यस्तै, लघुवित्त शून्य दशमलव ३०, म्युचुअल फन्ड शून्य दशमलव १३ र व्यापार समूह एक दशमलव ५८ प्रतिशतले घटेको छ ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमा माई हाईड्रोपावर लिमिटेडको रू ९२ करोड ८९ लाख ६२ हजार ७६६ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ङादी ग्रुप पावर लिमिटेडको १७ लाख ४७ हजार ५८१ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)