आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विहार निर्वाचन

एनडिए गठबन्धनलाई झिनो बहुमत, नितिश कुमार पुन मुख्यमन्त्री बन्ने सम्भावना

विधान सभाको निर्वाचनमा सबैभन्दा बढी स्थान लालू प्रसाद यादवका छोरा तेजस्वी यादवको आरजेडी ले जितेको छ


  • माउन्टेन खबर
  • बुधबार, कार्तिक २६, २०७७
  • 768
    SHARES

पटना।  भारतको बिहारमा सम्पन्न विधानसभाको निर्वाचनमा भारतीय जनता पार्टी र मुख्यमन्त्री नितिश कुमारको जनता दल युनाइटेड (जेडियू) को नेसनल डेमोक्रेटिक अलायन्स (एनडिए) लाई झिनो बहुमत प्राप्त भएको छ ।

बिहार विधासभामा कूल २४३ सिट छ । यसमध्ये एनडिएलाई १२५ स्थान प्राप्त भएको छ । सरकार गठनका लागि १२२ स्थान आवश्यक हुन्छ ।

एनडिएको मुख्य दल भाजपाले यसपटक बिहारमा निकै राम्रो प्रदर्शन गरेको छ । भाजपाले ७४ स्थान जितेको छ भने नितिशको जेडियूले तेस्रो ठूलो दलका रुपमा ४३ स्थान जितेको छ ।

विधान सभाको निर्वाचनमा सबैभन्दा बढी स्थान लालू प्रसाद यादवका छोरा तेजस्वी यादवको राष्ट्रिय जनता दल (आरजेडी) ले जितेको छ । यस दलले ७५ स्थान जितेर सबैभन्दा ठूलो दल बनेको छ ।

तर महागठबन्धनका अन्य सहयोगी दलले राम्रो प्रदर्शन गर्न नसक्दा यस गठबन्धनले ११० स्थानमा चित्त बुझाउनु परेको छ । महागठबन्धनमा सहभागी भारतीय राष्ट्रिय काँग्रेसले १९ स्थान जितेको छ ।

एनडिएका तर्फबाट वर्तमान मुख्यमन्त्री नितिश कुमारलाई नै आगामी मुख्यमन्त्री पदका लागि अघि सारिएकाले नितिश नै मुख्यमन्त्री हुने सम्भावना छ । भाजपाभन्दा निकै कम सिट ल्याएकाले आगामी दिनमा यो गठबन्धनमा पनि समस्या आउने सम्भावना बढी छ ।

नितिश लगातार १५ वर्षदेखि बिहारको मुख्यमन्त्री हुनु भएको छ । अब फेरि उहाँ मुख्यमन्त्री नियुक्त भए यो आफैंमा एउटा रेकर्ड बन्नेछ ।

यस चुनवामा तीन हजार ७५५ उम्मेदवार रहेका थिए । बिहारमा गत अक्टोबर २८, नोभेम्बर ३ र नोभेम्बर ७ मा गरी तीन चरणमा चुनाव भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)