बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सोमबार २३ अंकले बढ्यो नेप्से


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ ६, २०८२
  • 182
    SHARES

काठमाडौं-  लगातार छटौँ कारोबारसम्म घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सुधार आएको छ। साताको पहिलो कारोबार दिन आइतबार झण्डै ४ अंकले गिरावट आएको नेप्से सोमबार २३ अंकले बढेको हो।

लगातार ६ दिन गिरावट हुँदा नेप्सेमा ४८ अंक घटेको थियो। सोमबार बढेसँगै नेप्से २६३२ विन्दुमा पुगेको छ।

नेप्सेमा सोमबार भएको कारोबारमध्ये १८५ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ। साथै, ६० कम्पनीको मूल्य गिरावट हुँदा दुई कम्पनीको मूल्य स्थिर भएको छ।

कारोबारका आधारमा आज सात अर्ब ३५ करोड मूल्य बराबरको सेयर कारोबार भएको छ। यो अघिल्लो दिनको तुलनामा एक अर्ब १५ करोड कम हो।

आज कारोबार भएकामध्ये ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। जसमा सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड, ओम मेगाश्री फार्मास्युटिकल लिमिटेड कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, तेह्राथुम पावर कम्पनी लिमिटेड र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको मूल्यमा सकारात्मक सर्किट लागेको हो।

यस्तै, आज विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले गिरावट आएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)