शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भिमफेदीमा सवारी दुर्घटना : १४ जना घाइते, ३ को अवस्था


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ ७, २०८२
  • 273
    SHARES

मकवानपुर-  त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–९ छैसठ्ठी मोडमा सवारी दुर्घटनामा हुँदा १४ जना घाइते भएका छन्।

चित्लाङबाट सर्लाहीको लालबन्दी जाँदै गरेको प्रदेश २–०३–००१ ज ०१४७ नम्बरको विङ्गर गाडी सडकबाट झण्डै २० मिटर तल खसेको  छ ।

गाडी सल्लाको रूखमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।दुर्घटनाका घाइतेहरुलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएको छ।

प्रहरीका अनुसार गाडीमा चालकसहित १४ जना सवार रहेका थिए। घाइतेहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले ब्रेक फेल भएर गाडी दुर्घटना भएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)