बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ ३१, २०८२
  • 214
    SHARES

काठमाडौँ –  बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेस गर्न डा. रेवतबहादुर कार्की संयोजकको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको छ ।

कार्यदलको सदस्यमा भुवनकुमार दहाल र सदस्य सचिवमा नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल रहेका छन् ।

उक्त कार्यदलको समयावधि एक महिनाको रहने गरी छ बुँदै जिम्मेवारी तोकिएको छ ।

कार्यदललाई बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरीवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा अध्ययन गरी सुझाव पेस गर्नुपर्ने जिम्मेवारी तोकिएको छ ।

यसैगरी आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका, ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदम र बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका समस्याहरूको पहिचान तथा समाधानको सुझावका सम्बन्धमा अध्ययन गरी सुझाव पेस गर्न कार्यदललाई जिम्मेवारी दिइएको राष्ट्र बैंकले जनाएको छ ।

नेपाललाई ग्रे लिष्टबाट हटाउन बैकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका र पुँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिकााबरे पनि उनीहरूलाई अध्ययन गर्न जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)