आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दिल्लीमा वायुको गुणस्तर खस्किएर अति न्यून अवस्थामा


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक २८, २०७७
  • 551
    SHARES

नयाँदिल्ली । भारतको केन्द्रीय राजधानी दिल्लीमा वायुको गुणस्तर खस्किएर अति न्यून अवस्थामा पुगेको छ । शुक्रबार बिहानको वायुको गुणस्तर अति नराम्रो अवस्थाको देखिएको अधिकारीहरुले जानकारी दिएका छन् । वायु गुणस्तर सूचक ९एक्युआइ० मा हेर्दा दिल्लीको वायुमा ३३० पुगेको थियो । यसअघि २४ घण्टा अगाडि ३१४ एक्युआई देखिएको थियो ।
छिमेकी सहरहरु फरिदाबादमा ३२७, गाजियाबादमा ३६०, नोएडामा ३३१, ग्रेटर नोएडामा ३२९ र गुडगाउँँमा ३२८ एक्युआई देखिएको अधिकारीहरुले जनाएका छन् ।

सरकारी अधिकारीहरुले नयाँदिल्लीमा शनिबारको दिन र बेलुकाको समयमा अरु बेलाभन्दा बढी वायु प्रदुषण हुने गरेको जनाएका छन् ।  वायु गुणस्तर सूचक शून्य देखि ५० सम्म हुँदा राम्रो, ५१ देखि १०० सम्म हुँदा सन्तोषजनक, १०१ देखि २०० सम्म हुँदा विचारणीय वा चिन्ताजनक, २०१ देखि ३०० सम्म कमजोर, ३०१ देखि ४०० सम्म अति कमजोर र ४०१ देखि ५०० सम्म अति घातक मानिन्छ ।

नयाँ दिल्ली विश्वकै धेरै प्रदुषित शहरको रुपमा चिनिदै आएको छ । प्रदुषित वायुका कारण नयाँदिल्लीको मौसम तथा जलवायु चक्रमा समेत समस्या हुने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)