शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवाका पाँच वटै स्थानीय तह ‘पूर्ण खोप सुनिश्चितता’ पालिका घोषणा


  • माउन्टेन खबर
  • सोमवार, असार ९, २०८२
  • 128
    SHARES

रसुवा – रसुवाको पाँच वटै गाउँपालिका “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका” घोषित भएका छन् ।

“स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता; पूर्ण खोप सुनिश्चितता, हाम्रो प्रतिबद्धता” भन्ने मूल नारा सहित आइतबार गोसाईंकुण्ड गाउँपालिका घोषणा भए सँगै जिल्लाका सबै पालिका घोषित भएका हुन ।

जिल्लाका सत्ताईस वटै वडाका १५ देखि ५ वर्ष भित्रका बालबालिकाले १५ महिना भित्र आवश्यक सबै प्रकारका खोप पाएको प्रमाणित भए पछि यो घोषणा गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख झम प्रसाद आचार्यले बताउनुभयो ।

पूर्ण खोप निर्देशिका २०७१ तथा निर्धारित सूचकहरूका आधारमा खोप सुनिश्चितताको मापदण्ड अनुसार पोलियो, दादुरा, हेपाटाइटिस, जापानी इन्सेफ्लाइटिस, रुबेला, झाडापखाला र टाइफाइड जस्ता रोग विरुद्ध सबै मात्रा खोप लगाएको हुनु पर्ने व्यवस्था रहेको छ ।

पूर्ण खोप सुनिश्चितताका लागी स्वास्थ्यकर्मी तथा स्वंयम सेविकाहरुको सक्रियता सँगै राजनीतिक दल तथा जनप्रतिनिधि एवं पत्रकारहरूको उल्लेखनीय सहयोग रहेको गोसाईंकुण्ड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विमल घिमिरेले बताउनुभयो ।

नेपाल सरकारले राष्ट्रिय खोप तालिका अनुसार सबै बालबालिकाहरूले पूर्ण खोप प्राप्त गरी विभिन्न रोगहरूबाट सुरक्षित हुन सकुन् भन्ने अभिप्रायले पूर्ण खोपको अवधारणा सुरु गरेको हो । नेपालमा सन् २०१२ बाट पूर्ण खोप सुनिश्चितताको सुरुआत भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)