शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल प्रिमियर लिग आयोजना गर्दै क्रिकेट सङ्घ


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर ४, २०७७
  • 423
    SHARES

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना गर्ने भएको छ । लिगको समय भने पछि तय गरिने छ । क्यानको बुधबार भएको भर्चुअल वार्षिक साधारणसभाले एनपिएल आयोजना गर्ने निर्णय गरेको हो । क्यानको स्वामित्वमा रहने गरी नेपाली क्रिकेटको हितअनुकूल केन्द्रीय कार्यसमितिलाई नेपाल प्रिमियर लिगको सम्झौता प्रक्रिया अघि बढाउन जिम्मेवारी दिइएको क्यान अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।

यस्तै क्यानको २०७०/७१ देखि २०७५/७६ सम्मको वार्षिक लेखापरीक्षणको प्रतिवेदनलाई वार्षिक साधारणसभाले पारित गरेको छ । क्यानले २०७६/७७ को लेखा परीक्षण गर्ने जिम्मेवारी एबिएस एन्ड एशोसियट्सलाई दिने निर्णय गरेको छ ।

आव २०७७ /७८ को कार्यक्रम तथा बजेट निर्माण गर्दै अघि बढ्न सभाले केन्द्रीय कार्यसमितिलाई निर्देशन दिएको छ । पाँचवर्षे रणनीतिक योजना निर्माण गर्न तथा त्यसलाई अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) समक्ष पेश गर्न साधारणसभाले केन्द्रीय समितिलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)