आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना भ्याक्सिनको पहुँच विस्तारमा एडिबीले घोषणा गर्यो २ करोड डलरको प्याकेज


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर ४, २०७७
  • 314
    SHARES

काठमाडौं। एसियाली विकास बैंक (एडिबी) ले कोरोना भाइरस प्रतिरोधात्मक भ्याक्सिनसम्मको पहुँच विस्तार गर्न आफ्ना विकासशील सदस्यका लागि २ करोड ३ लाख अमेरिकी डलर बराबरको सहायता दिने घोषणा गरेको छ। एडिबीले भ्याक्सिनको प्रभावकारी र समतामूलक वितरणका लागि प्राविधिक सहायता मार्फत् यो रकम उपलब्ध गराउने भएको हो।

कोरोना भाइरस प्रतिरोधात्मक भ्याक्सिनको ढुवानी, भण्डारणको पूर्वतयारी र यसको वितरणको प्रभावकारिताको मूल्यांकनका लागि यो रकम खर्च गरिनेछ। एडिबीले कोरोना भाइरसको भ्याक्सिन उपलब्धतासँगै आफ्ना सदस्य राष्ट्रहरूमा त्यसको सहज, प्रभावकारी र व्यवस्थित उपलब्धता एवं वितरणका लागि सहयोग गर्ने भएको हो।

यो रकममध्ये २ करोड डलर एडिबीको प्राविधिक सहायता विशेष कोषबाट व्यहोरिनेछ भने बाँकी ३ लाख डलर जापान सरकारको सहयोग रहनेछ। एडिबीले यसअघि २० अर्ब डलरको विस्तृत सहायता प्याकेज घोषणा गरिसकेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)