शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मधेश प्रदेशको राजनीतिमा नाटकीय मोड

एमालेका सरोज यादवले लिए मुख्यमन्त्रीको सपथ


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक २५, २०८२
  • 206
    SHARES

काठमाडौं –  मधेश प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका सरोज यादवले सपथ लिएका छन् ।

बहुमतको सरकार गठनका लागि आह्वान गर्न दलहरुले दबाब दिइरहेका बेला प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज एमालेका सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरी सपथ गराएकी हुन् ।

योसँगै मधेश प्रदेशको राजनीतिले नाटकीय मोड लिएको छ ।

सिन्धुलीको एक होटलमा भण्डारीले यादवलाई मुख्यमन्त्रीको पदमा शपथ खुवाइन् । संविधानको धारा १६८ ९३० बमोजिम यादव प्रदेश सभाको ठुलो दलको हैसियतमा मधेस प्रदेशको नयाँ मुख्यमन्त्री बनेका हुन् ।

विश्वासको मत नपाउने भएपछि शनिबार मात्र जितेन्द्र सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

सोनलले भने प्रदेश प्रमुख भण्डारी अस्वस्थ भएको भन्दै काठमाडौँ जान जनकपुरबाट निस्केको आरोप लगाएका छन् । तर, बिचबाटोमा नै उनले यादवलाई शपथ गराएको उनको भनाई छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मधेस प्रदेशको जनतासँग धोका भयो । स्वास्थ्य उपचारको नाममा निस्केकी मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली र महोत्तरी को सिमानाको एउटा होटेलमा प्रदेशको अस्मितालाई समाप्त पार्ने खेल गरिन् । एक त महिला अर्को स्वास्थ्य को कुरा गरिन् ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)