सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतिय विदेश सचिव भ्रमण

भारतीय विदेश सचिव श्रृंगला आज नेपाल आउँदै

उच्चस्तरीय भेटवार्ता हुने


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर ११, २०७७
  • 556
    SHARES

काठमाडौं । दुई दिने नेपाल भ्रमणका लागि भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला आज बिहान काठमाडौं आईपुग्ने भएको छ। उनी बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

विदेश सचिव श्रृंगला परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा औपचारिक भ्रमणमा आउन लागेका हुन् । श्रृंगलाले आजै गर्ने उच्चस्तरीय भेटवार्तामा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलगायतलाई भेट्ने कार्यक्रम रहेको छ । त्यसअघि परराष्ट्र सचिवले दुईपक्षीय विषयहरुमा वार्ता गर्नेछन् ।

श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो । उनको नेपाल आगमन दुई देशबीच उच्चस्तरमा भइरहेको भ्रमणको आदान प्रदानकै निरन्तरता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)