मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा तिमिल्सिना र देवकोटा विजयी


  • माउन्टेन खबर
  • आइतवार, माघ १२, २०८२
  • 190
    SHARES

कास्की-  राष्ट्रियसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत गण्डकी प्रदेशबाट ‘अन्य समूह’ मा नेपाली कांग्रेसका जगत तिमिल्सिना र ‘महिला समूह’ मा नेकपा ९एमाले०का उम्मेदवार सम्झना देवकोटा विजयी हुनुभएको छ ।

पोखरामा आज सम्पन्न मतदानमा तिमिल्सिनाले पाँच हजार ३३ मतभारसहित विजयी हुँदा उहाँका निकटतम प्रत्याशी नेपाली कम्युनिष्ट पार्टीका कपिल लामाले ९४१ मतभार पाउनुभयो । यस समूहमा राष्ट्रिय जनमोर्चाका शङ्करप्रसाद बरालले ७६ मतभार पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी महिला समूहमा एमालेका देवकोटाले पाँच हजार १४ मतभार पाउनुभयो । नेपाली कम्युनिष्ट पार्टीका गोमा लुइँटेल घिमिरेले ९४१ मतभार पाउनुभएको थियो । राष्ट्रिय जनमोर्चाका लक्ष्मी बाँस्कोटाले ७६ मतभार पाउनुभयो ।

राष्ट्रियसभा चुनावका लागि गण्डकी प्रदेशमा नेपाली कांग्रेस र नेकपा ९एमाले० ले साझा उम्मेदवार उठाएका थिए । राष्ट्रियसभामा प्रदेशसभाका ५९ सदस्यमध्ये ५७ जना र स्थानीय तहका १६९ मतदातामध्ये १६६ जनाले मतदान गरेका प्रदेश निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई जना प्रदेशसभा सदस्य र स्थानीय तहका तीन जनप्रतिनिधि मतदानमा अनुपस्थित रहे । विजयी उम्मेदवारलाई निर्वाचन अधिकृत हिमलाल बेल्बासे, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलगायतले प्रमाणपत्र वितरण गर्नुभयो ।

पोखरा महानगरपालिका–७ रत्नचोकस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा बिहान ९ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म मतदान भएको थियो । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख एवं अध्यक्ष र उपाध्यक्ष मतदाता हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)