बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जेनजी आन्दोलनको मर्म र भावनाअनुसार कांग्रेस बदलिएर अगाडि बढेको छ: नेता आचार्य


  • माउन्टेन खबर
  • आइतवार, माघ २६, २०८२
  • 331
    SHARES

रसुवा-  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सांसद इन्जिनीयर मोहन आचार्यले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार कांग्रेस बदलिएर अगाडि बढेको भन्दै बदलिएको कांग्रेसले मुलुकलाई बदल्ने बताउनुभयो ।

आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने भन्दै नेता आचार्यले समृद्ध रसुवा निर्माणका कांग्रेसको जीत आवश्यक रहेको बताउनुभएको छ ।

निर्वाचन प्रचारका क्रममा घरदैलो अभियानमा रहनुभएका उहाँले हिमाली क्षेत्र रसुवाको विकासका लागि कांग्रेसको जीत आवश्यक रहेको बताउनुभएको हो ।

“विस २०७४ पछि रसुवाको विकासमा कांग्रेसले धेरै काम गरेका छन्, कांग्रेसले कोरेका मोटरबाटोलाई पूर्णता दिन कांग्रेसका उम्मेदवारको जीत आवश्यक छ, कांग्रेसलाई जिताउन आ–आफ्नो क्षेत्रबाट लाग्नुहोस्,”– उहाँले भन्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)