आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मनोहरा सुकुम्वासी बस्तीमा घर टहरा भत्काउन सुरु


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १३, २०८३
  • 154
    SHARES

भक्तपुर-  मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घर टहरा हटाउन सुरु गरिएको छ।

 

 

आज बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका एक हजार ३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन सुरु गरिएको जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार उक्त बस्तीका बासिन्दाले आफैँ आफ्ना घर टहरा भत्काउने भनेपछि बिहान ९ः०० बजेसम्मको समय दिइएको थियो। त्यसपछि भने काठमाडौँ महानगरपालिकाको डोजरसहितको टोली आएपछि घर टहरा भत्काउन सुरु गरिएको हो।

प्रहरी उपरीक्षक खड्काले भने, “यहाँका अधिकांश घर टहराबाट सामान सारेर खाली बनाएपछि भत्काउन थालिएको छ।”

यस बस्तीमा बस्तीमा सात सय ७७ घर टहरा छन्। यसअघि शनिवार साँझ पनि यहाँ सात वटा ठुला पक्की घर भत्काइएका थिए। त्यस क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अवरोध गरिएको थियो। केही सुकुम्वासीले आक्रमण गर्दा २२ सुरक्षाकर्मी घाइते भएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)