आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रातो मत्स्येन्द्रनाथः आज साँझ नरिवल खसाल्ने जात्रा


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १६, २०८३
  • 123
    SHARES

काठमाडाैँ – वर्षा र सहकालका देवता मानिने प्रसिद्ध रातो मत्स्येन्द्रनाथको रथलाई आज ललितपुरको लगनखेलस्थित ठटीटोल पु¥याइएको छ । रथ यात्राको तालिकाअनुसार जात्राका सहभागी तथा भक्तजनहरूले रथलाई तानेर ठटीटोलमा पु¥याएका हुन् ।

रथ ठटीटोल पुगेसँगै आजै साँझ यहाँको प्रसिद्ध ‘नरिवल खसाल्ने जात्रा’ सम्पन्न गरिने कार्यक्रम रहेको छ । रथको माथिल्लो भाग (गजुरी नजिकको भाग) बाट नरिवल खसाल्ने यस विशेष परम्परालाई हेर्न र नरिवल समात्नका लागि ठटीटोलमा श्रद्धालुहरूको ठूलो उपस्थिति रहने गर्दछ ।

आज साँझ नरिवल खसाल्ने प्रक्रिया सम्पन्न भएपछि जात्राको यो चरण विधिवत रूपमा अगाडि बढ्नेछ । ललितपुरको सबैभन्दा लामो र महत्वपूर्ण मानिने यस जात्रालाई व्यवस्थित रूपमा अगाडि बढाउन स्थानीय प्रशासन र सरोकारवाला निकायहरू सक्रिय रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)