गीतकार राम अविनाशीले आफ्नो दोस्रो म्युजिक भिडियो ‘काठमाडौँ शहर’ मार्फत वैदेशिक रोजगारीको पीडालाई देखाउन खोजेका छन्।
चर्चित युवा गायक सविन लामाको स्वर रहेको उक्त गीतमा गीतकार अविनाशीले बाबुआमालाई काठमाडौँमा राख्ने अभिलासाले वैदेशिक रोजगारीमा गएको छोराको सङ्घर्षलाई देखाउन खाजेका छन् ।
अन्तर्राष्ट्रिय साहित्य समाजका बोर्ड अफ ट्रष्टीका कोषाध्यक्षसमेत रहेका लामा व्यापार र पत्रकारितामा क्षेत्रमा समेत सक्रिय छन् ।
कथा, गीत, कविता र समसामयिक लेखमा रुचि राख्ने लामाले अन्तर्राष्ट्रिय साहित्य समाजमार्फत दुई हजार ५०० अमेरिकी डलरको ‘राम लामा साहित्य पुरस्कार’ समेत स्थापना गरेका छन् ।
लामाको यसअघि ‘मेरो बदनाम’ नामक म्युजिक भिडियो सार्वजनिक भएको थियो भने पिल्सिएको परदेशी मन कविता संग्रह प्रकाशित छ।
