मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुकुम्बासी व्यवस्थापन गर्दा मानवीय संवेदनाको ख्याल गर्नुपर्छ: सभापति थापा


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ ९, २०८३
  • 131
    SHARES

सुनसरी- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेस गुट-उपगुट र परिवारवादका कारण अहिलेको अवस्थामा आइपुगेको बताउनुभएको छ।

 

 

सुनसरीको लौकहीस्थित सिटीहलमा आज आयोजित  प्रदेश स्तरीय कार्यकर्ता भेला तथा ‘जरा अभियान’ उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै थापाले पार्टीलाई पुनः जनतामाझ लोकप्रिय बनाउन अभियानको आवश्यकता रहेको उल्लेख गर्नुभयो।

उहाँले नेपाली कांग्रेसलाई जनताको भरोसाको पार्टी बनाउन संगठनभित्र सुधार, कार्यकर्ताको सम्मान र जनतासँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।

“कांग्रेस गुट र उपगुटमा अल्झियो, परिवारवादबाट मुक्त हुन सकेन, त्यसैले जनतासँगको दूरी बढ्यो,” थापाको भनाइ थियो।

थापाले ‘जरा अभियान’ ले कांग्रेसलाई फेरि गाउँ–टोलसम्म जोड्ने विश्वास व्यक्त गर्दै कार्यकर्तालाई जनताका समस्या र मुद्दासँग प्रत्यक्ष रूपमा जोडिन आग्रह गर्नुभयो।

कार्यक्रममा बोल्दै थापाले सुकुम्बासी समस्याप्रति पनि सरकारको कार्यशैलीको आलोचना गर्नुभयो।

उचित व्यवस्थापन नगरी सुकुम्बासीका घरटहरा भत्काइएकोप्रति आपत्ति जनाउँदै उहाँले मानवीय संवेदनालाई ख्याल गर्न सरकारसँग आग्रह गर्नुभयो।

त्यसैगरी व्यवसायीहरूलाई दिनदहाडै उठाएर आतंक सिर्जना गरिएको भन्दै उहाँले शान्ति सुरक्षा र कानुनी शासन कायम गर्न सरकार जिम्मेवार बन्नुपर्ने बताउनुभयो।

कोशी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी कांग्रेस कार्यकर्ता तथा नेताहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा पार्टी संगठन सुदृढीकरण, जनतासँगको सम्बन्ध विस्तार र आगामी राजनीतिक रणनीतिबारे छलफल गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)