शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीको अभिव्यक्तिलाई गलत ढंगले व्याख्या गरियो: प्रवक्ता पोखरेल


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ १९, २०८३
  • 109
    SHARES

काठमाडौँ –  सरकारले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्ने आशय व्यक्त गरेको भन्ने दाबीलाई अस्वीकार गरेको छ।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीको अभिव्यक्तिलाई गलत ढंगले व्याख्या गरिएको स्पष्ट पारे। उनका अनुसार सीमा विवादसम्बन्धी छलफलका क्रममा प्रधानमन्त्रीले नेपाल–भारतबीचको संयुक्त संयन्त्रमा उठेका विभिन्न विषयहरूको सन्दर्भ मात्र उल्लेख गरेका थिए।

 

प्रवक्ता पोखरेलले प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भनेर कुनै दाबी नगरेको र सदनमा त्यस प्रकारको अर्थ लाग्ने अभिव्यक्ति नदिएको बताए। उनले सीमा सम्बन्धी विषय उठ्दा आफूलाई आश्चर्य लागेको प्रसंग मात्रै सदनमा राखिएको पनि स्पष्ट पारे।

उनले नेपाल–भारतबीच विद्यमान सीमा विवादहरू समाधानका लागि विभिन्न कूटनीतिक संयन्त्रहरू सक्रिय रहेको उल्लेख गर्दै समस्या वार्ता र आपसी समझदारीमार्फत समाधान हुने विश्वास व्यक्त गरे। साथै, उनले प्रधानमन्त्रीको भनाइलाई गलत रूपमा नबुझ्न र त्यसको सन्दर्भलाई पुनः सुनेर बुझ्न सञ्चारकर्मीहरूलाई आग्रह गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)