आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना खोप

रुसमा कोभिड-१९ विरुद्ध खोप अभियान सुरु

स्वदेशमै निर्मित स्पुत्निक ५ खोपको प्रयोग


  • वीवीसी
  • शनिबार, मंसिर २०, २०७७
  • 484
    SHARES

(तस्विर रोयर्टस)

मस्को।  रुसले कोभिड-१९ विरुद्ध खोप अभियान सुरु गरेको छ। राजधानी मस्कोका क्लिनिकहरूमा कोरोनाभाइरसको उच्च जोखिममा रहेका मानिसहरूलाई खोप दिइन थालेको छ।

त्यहाँ गत अगस्ट महिनामा दर्ता भएको स्वदेशमै निर्मित स्पुत्निक ५ खोपको प्रयोग भइरहेको छ।

खोप विकासमा संलग्न अधिकारीहरूले उक्त खोप ९५ प्रतिशत प्रभावकारी रहेको र यसको प्रयोगबाट कुनै उल्लेख्य नकारात्मक प्रभाव नदेखिएको बताएका छन्। तर उक्त खोपको अझै सामूहिक परीक्षण भइरहेको छ।

दुई पटक लगाउनुपर्ने खोप लिन हजारौँ सर्वसाधारणहरूले आफ्नो नाम दर्ता भएका छन्। तर रुसको उत्पादन क्षमता के कति छ भन्ने विषय भने स्पष्ट छैन।

उत्पादकहरूले यो वर्षको अन्त्यसम्ममा खोपको २० लाख मात्रा मात्रै उत्पादन गर्न सक्ने अपेक्षा गरिएको छ।

मस्को नगरप्रमुख सर्गे सोब्यानिनका अनुसार एक करोड ३० लाख जनसङ्ख्या रहेको मस्कोमा विद्यालय, स्वास्थ्य क्षेत्र अनि सामाजिक कार्यमा संलग्न मानिसहरूलाई खोप दिइँदैछ।

खोपको थप मात्रा उपलब्ध हुँदै गर्दा खोप लिन इच्छुक मानिसको सूची पनि बढ्दै जाने उनले बताए।

खोप लिन योग्य ठहर भएका १८ देखि ६० वर्षका मानिसले सहरका ७० स्थानमा रहेका क्लिनिकहरूमा निःशुल्क सुविधाका लागि अनलाइन सेवामार्फत् आफ्नो नाम दर्ता गर्न पाउँछन्।

ती ठाउँ स्थानीय समयानुसार बिहान ८ बजे देखि साँझ ८ बजेसम्म खुल्छन्। पछिल्लो ३० दिनमा सुई लिएका वा श्वासप्रश्वासमा समस्या भएकाहरूलाई खोप दिइँदैन।

त्यस्तै दीर्घरोगी, गर्भवती र स्तनपान गराइरहेका महिलालाई पनि खोप लगाइँदैन। वीवीसी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)