बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतीय दुतावासद्धारा त्रिविमा आयुर्वेद एक्स्पो


  • माउन्टेन खबर
  • बुधबार, असार ३, २०८३
  • 109
    SHARES

काठमाडौँ – काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालयको आयुर्वेद क्याम्पसमा आयुर्वेद एक्स्पो तथा विशेष सार्वजनिक व्याख्यान कार्यक्रम सम्पन्न भएको छ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति, आयुर्वेद क्याम्पसका प्रमुख डा. शिव मंगल प्रसाद तथा नेपालस्थित भारतीय दूतावासका प्रथम सचिवले कार्यक्रमको संयुक्त रुपमा उद्घाटन गरेका थिए।

 

 

एक्स्पोमा विभिन्न आयुर्वेदिक उत्पादनका साथै आयुर्वेदिक औषधि निर्माणमा प्रयोग हुने जडीबुटी तथा वनस्पतिहरू प्रदर्शनीमा राखिएका थिए। कार्यक्रममा काठमाडौंका विभिन्न विद्यालयका विद्यार्थी, आयुर्वेद चिकित्सक तथा यस क्षेत्रमा रुचि राख्ने व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमअन्तर्गत ‘मनोवैज्ञानिक सुदृढताका लागि आयुर्वेद’ विषयक सार्वजनिक व्याख्यान पनि आयोजना गरिएको थियो। व्याख्यानमा मानसिक स्वास्थ्य, भावनात्मक सन्तुलन तथा समग्र स्वास्थ्य प्रवर्द्धनमा आयुर्वेदका सिद्धान्त र अभ्यासहरूको भूमिकाबारे चर्चा गरिएको थियो।

वक्ताहरूले आधुनिक जीवनशैलीका कारण बढ्दै गएका मानसिक तनाव तथा मनोवैज्ञानिक चुनौतीहरूको समाधानमा आयुर्वेद उपयोगी हुन सक्ने उल्लेख गर्दै सन्तुलित र स्वस्थ जीवनशैली अपनाउन आयुर्वेदको सान्दर्भिकता अझ बढ्दै गएको बताए। कार्यक्रमले योग र आयुर्वेदलाई शारीरिक स्वास्थ्यसँगै मानसिक एवं भावनात्मक सुदृढीकरणका प्रभावकारी माध्यमका रूपमा प्रस्तुत गरेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)