बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पाकिस्तानी दूतावासद्वारा २सय नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान


  • माउन्टेन खबर
  • बुधबार, असार ३, २०८३
  • 150
    SHARES

काठमाडौँ –  नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका २ सय जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ ।

काठमाडौँमा आयोजित एक कार्यक्रमकाबिच उनीहरूलाई ‘एम्बासडर अफ पाकिस्तान स्कलरसिप’ प्रदान गरिएको हो । सो अवसरमा नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच. हाश्मीले देशभरका विभिन्न विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नुभएको थियो ।

पाकिस्तानका संस्थापक मुहम्मद अली जिन्नाको १५० औं जन्म जयन्तीको अवसरमा दिइएको छात्रवृत्ति यस वर्ष त्रिभुवन विश्वविद्यालय, वन विज्ञान संस्थान, पोखरा क्याम्पसकी प्राप्ति लम्साललाई प्रदान गरिएको छ । छात्रवृत्ति समारोहमा राजदूत हाश्मीले नेपालको शिक्षा क्षेत्रको विकासमा पाकिस्तानको सधैँ सहयोग रहने बताउनुभयो ।

उहाँले छात्रवृत्ति सहयोग जस्तो कार्यक्रमले नेपाल र पाकिस्तानी सरकारको सम्बन्ध जनताको तहमा पुग्ने विश्वास लिइएको भन्दै यो निरन्तर रहिरहने पनि उल्लेख गर्नुभयो । पाकिस्तानी दूतावासले सन् २०१३ देखि नेपालका जेहेन्दार विद्यार्थीहरूलाई हरेक वर्ष पाकिस्तानी राजदूत छात्रवृत्ति प्रदान गर्दै आएको छ । नेपालमा सबैभन्दा सम्मानित विदेशी छात्रवृत्तिमध्ये पाकिस्तानको यो छात्रवृत्ति नेपाली बिद्यार्थिहरुका लागि निकै महत्त्वपूर्ण रहेको छ ।

जसले कैयन नेपाली विद्यार्थीहरूलाई शैक्षिक उन्नयनमा सहयोग पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)