मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामाको घोषणा


  • माउन्टेन खबर
  • सोमवार, असार ८, २०८३
  • 82
    SHARES

काठमाडौँ- बेलायतका प्रधानमन्त्री किर स्टार्मरले दुई वर्षभन्दा कम कार्यकालपछि सोमबार राजीनामाको घोषणा गर्नुभएको छ ।

 

 

नीतिगत यूटर्न तथा बढ्दो अलोकप्रियताबीच उहाँले लेबर पार्टीको नेताबाट राजीनामा दिने घोषणा गर्नुभएको हो । लन्डनस्थित ‘टेन डाउनिङ स्ट्रिट’ बाहिर सम्बोधन गर्दै स्टार्मरले आफूले लिएका सबै निर्णय देशको हितलाई केन्द्रमा राखेर गरिएको बताउनुभयो ।

आफूले लिएका हरेक निर्णयमा पहिलो स्थानमा देशलाई राखेको भन्दै उहाँले अब लेबर पार्टीको नेताको पदबाट राजीनामा दिएको भावुक सन्देश दिनुभयो ।

स्टार्मरका अनुसार नयाँ लेबर पार्टी नेता चयन प्रक्रिया आगामी जुलाईमा सुरु हुनेछ । नयाँ नेता छनोट नभएसम्म उहाँ प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुहुनेछ । नयाँ नेता सेप्टेम्बरभित्र चयन हुने अपेक्षा गरिएको छ ।

सन् २०२४ मा लेबर पार्टीलाई आमनिर्वाचनमा विजय दिलाउँदै प्रधानमन्त्री बन्नुभएका स्टार्मरको कार्यकाल नीतिगत परिवर्तन र घट्दो जनसमर्थनका कारण चुनौतीपूर्ण बनेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)