मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा


  • माउन्टेन खबर
  • मङ्लबार, असार २३, २०८३
  • 114
    SHARES

काठमाडौं- बेल्जियम फिफा विश्वकप २०२६ क्वाटरफाइनलमा प्रवेश गरेको छ।

अमेरिकाको सियाटल स्टेडियममा मंगलबार बिहान भएको खेलमा घरेलु टोलीलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दे बेल्जियमले क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो ।

बेल्जियमले ९ मिनेटमै गोल गर्दै अग्रता लियो। चार्लस डे केटेलएरेको गोलमा बेल्जियमले अग्रता लिएको हो । उनले निकोलस रस्किनको पासमा गोल गरेका हुन् ।

 

बेल्जियमका लागि चाल्स डे केटलारेले खेलको नवौँ र ३३औँ तथा हान्स भानाकेनले ५८औँ मिनेटमा गोल गर्दा रोमेलु लुकाकुले इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरेका थिए ।

यस्तै, अमेरिकाका मालिक टिलम्यानले ३१औँ मिनेटमा गोल फर्काएका थिए ।

यो जितसँगै बेल्जियमले अब क्वार्टरफाइलनमा स्पेनसँग खेल्नेछ। आयोजक राष्ट्र अमेरिका भने प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)