बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गगन थापाको निवासअघि शंकास्पद रूपमा गाडी पार्क

राजधानीका केही सञ्चारगृहका मुख्य प्रवेशद्वार अगाडि पनि आवतजावतमा अवरोध हुने गरी सवारी साधन पार्क


  • माउन्टेन खबर
  • सोमवार, असार २९, २०८३
  • 57
    SHARES

काठमाडौँ –  नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवास अगाडि एउटा सवारी साधन लामो समयसम्म पार्क गरिएको पाइएको छ।

स्थानीयका अनुसार बीएसी ९५७५ नम्बरको उक्त सवारी बिहान करिब ७ बजेदेखि सो स्थानमा रोकिएको थियो। सवारी गलत स्थानमा पार्क गरिएका कारण आवतजावतमा असहजता भएको उनीहरूको भनाइ छ।

प्रत्यक्षदर्शीका अनुसार गाडी यस्तो स्थानमा राखिएको थियो कि पैदलयात्री तथा दुई पांग्रे सवारीलाई समेत आवतजावत गर्न कठिन भएको थियो।

घटनाबारे सम्बन्धित निकायले आवश्यक जानकारी संकलन गरिरहेको जनाएको छ।

यसैबीच, राजधानीका केही सञ्चारगृहका मुख्य प्रवेशद्वार अगाडि पनि आवतजावतमा अवरोध हुने गरी सवारी साधन पार्क गरिएको घटना सार्वजनिक भएको थियो। ती सवारी साधनलाई प्रहरीले क्रेनको प्रयोग गरी हटाएको जनाएको छ।

सार्वजनिक तथा संवेदनशील स्थानमा अव्यवस्थित पार्किङका कारण सुरक्षा र आवागमनमा समस्या आउन सक्ने भएकाले प्रहरीले यस्ता गतिविधिमा निगरानी बढाएको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)