सोमवार, साउन ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

डोटीमा भारतीय सहयोगमा निर्मित क्याम्पस भवन उद्घाटन


  • माउन्टेन खबर
  • सोमवार, साउन ११, २०८३
  • 49
    SHARES

काठमाडौँ- डोटीको बडिकेदार गाउँपालिकामा रहेको केदार सूर्य बहुमुखी क्याम्पस भवन आइतवार  उद्घाटन गरिएको छ ।

बडिकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउद र नेपालस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दनले संयुक्त रूपमा सो भवनको उद्घाटन गर्नुभएको हो ।

 

प्रत्येक तलामा सातवटा कोठा र अन्य सुविधा उपलब्ध गराइएको दुईतले क्याम्पस भवनको निर्माण उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा गरिएको दूतावासले जनाएको छ ।

क्याम्पसमा ब्याचलर अफ एजुकेसन (बिएड) र ब्याचलर अफ बिजनेस स्टडिज (बिबीएस) कार्यक्रम सञ्चालनमा छ ।

उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम सुरु भएयता भारत सरकारद्वारा नेपालका ७ वटै प्रदेश र ७४ वटा जिल्लाहरू समेट्ने गरी विभिन्न क्षेत्रहरूमा करिब ६०० वटा परियोजनाहरु अघि बढाइएका छन्।

तीमध्ये डोटी जिल्लाका ४ वटा परियोजनाहरु सहित ४७ वटा परियोजनाहरु सुदूरपश्चिम प्रदेशमा रहेका छन्। यसको अतिरिक्त डोटी जिल्लामा ९ वटा एम्बुलेन्स र ३ वटा स्कुल बस सहित भारत सरकारले सुदूरपश्चिम प्रदेशका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरूलाई ७८ वटा एम्बुलेन्स र ४० वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिसकेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)