बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाई भेट


  • माउन्टेन खबर
  • बुधबार, भदौ ३१, २०८३
  • 36
    SHARES

काठमाडौँ-  परराष्ट्रमन्त्री शिशिर खनालसँग  नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुधबार  बिदाई भेटवार्ता गर्नुभएको छ।

 

 

 

 

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको  भेटवार्ताका अवसरमा परराष्ट्रमन्त्री खनालले राजदूत श्रीवास्तवले सफल कार्यकाल सम्पन्न गर्नुभएकोमा बधाई दिनुभयो। परराष्ट्रमन्त्री खनालले नेपाल–भारत सम्बन्धलाई थप गहिरो र बहुआयामिक बनाउन राजदूत श्रीवास्तवले निर्वाह गर्नुभएको भूमिकाको प्रशंसा गर्नुभयो।

परराष्ट्रमन्त्री खनालले नेपाल–भारतबीच ऊर्जा सहकार्य, व्यापार, पूर्वाधार तथा कनेक्टिभिटीका क्षेत्रमा भएका महत्वपूर्ण प्रगति र दुई देशका जनताबीचको सम्बन्धबारे चर्चा गर्नुभयो। यसैगरी, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नेपाललाई भारतले देखाएको ऐक्यबद्धता तथा विपद्पछिको खोज, उद्धार र राहतका लागि गरेको शीघ्र सहयोगप्रति परराष्ट्रमन्त्री खनालले कृतज्ञता व्यक्त गर्नुभयो।

मन्त्री खनालले राजदूत श्रीवास्तवको  भावी प्रयासका लागि शुभकामना व्यक्त गर्नुहुर्द उहाँ आगामी दिनमा पनि नेपालको असल मित्रका रूपमा रहिरहनुहुने विश्वास व्यक्त गर्नुभयो। भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल सरकारबाट प्राप्त सहयोग र सहकार्यप्रति गहिरो प्रशंसा व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा नेपाल–भारत सम्बन्ध अझ प्रगाढ र समृद्ध हुँदै जाने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)