बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो


  • माउन्टेन खबर
  • बुधबार, भदौ ३१, २०८३
  • 32
    SHARES

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घटेर दुई हजार ६१२ दशमलव ४२ मा पुगेको छ ।

 

 

 

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ७७ अङ्कले घटेर ४६३ दशमलव ६८ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ५० अङ्कले घटेर १७९ दशमलव ६३ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक एक दशमलव ३२ अङ्कले घटेर १५६ दशमलव ५८ मा पुगेको छ ।

विभिन्न कम्पनीका एक करोड ५१ लाख एक हजार ५५५ कित्ता शेयर रु पाँच अर्ब ३८ करोड ९५ लाख ७४ हजार ६४८ मूल्यमा खरिद बिक्री भएको छ । सबै उपसमूह नकारात्मक रहेको छ । ४२ कम्पनीको शेयर बढ्यो भने २२५ कम्पनीको शेयर घट्यो । त्यसैगरी १२ कम्पनीको शेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार नारायणी डेभलपमेन्ट बैंक, हिमाल दोलखा हाइड्रोपावर, माउन्ट एभरेष्ट पावर डेभलपमेन्टलगायत लगानीकर्ताले कमाएका छन् । त्यसैगरी एनएमबी हाइब्रिड फण्ड, रिग्वे लाइन इनर्जी, नेपाल वायरहाउस कम्पनीलगायतका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)