सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ


  • माउन्टेन खबर
  • सोमवार, साउन १८, २०८३
  • 55
    SHARES

काठमाडौं –  परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐन अन्तर्गतको कसुरमा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो। सीआईबीका अनुसार भट्टराईमाथि राहदानी ऐन उल्लंघन गरेको आरोपमा अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार वि.सं. २०६८ सालमा भएको कसुरका सम्बन्धमा उनीविरुद्ध २०८२ चैतमा मुद्दा दर्ता गरिएको थियो। सोही मुद्दाका आधारमा उनलाई पक्राउ गरिएको हो।

पक्राउ परेका भट्टराईलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)