बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मेडिकल व्यवसायी प्रसाईंविरुद्ध राज्यविरुद्धको कसुरसहित तीनवटा मुद्दामा अनुसन्धान गर्दै प्रहरी


  • माउन्टेन खबर
  • सोमवार, साउन १८, २०८३
  • 52
    SHARES
File photo

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध राज्यविरुद्धको कसुरसहित तीनवटा मुद्दामा अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत भक्तपुरमा ७ दिनको म्याद माग गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरले सरकारी वकिलको कार्यालयमार्फत म्याद थपको माग गरेको हो। म्याद थपसम्बन्धी बहस जिल्ला अदालत भक्तपुरमा जारी रहेको प्रहरीले जनाएको छ।

प्रसाईंलाई आइतबार राति भक्तपुरस्थित निकोसेराबाट पक्राउ गरिएको थियो। उनीविरुद्ध सार्वभौमसत्ता वा अखण्डतामा खलल पुग्ने गतिविधि गरेको, सार्वजनिक शान्तिविरुद्धको कसुर तथा विद्युतीय कारोबार ऐनअन्तर्गतका कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

हालै आन्दोलनको घोषणा गरेपछि पक्राउ परेका प्रसाईं यसअघि पनि विभिन्न मुद्दामा पक्राउ परेर कानुनी प्रक्रियापछि छुटिसकेका छन्। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)