बुधबार, साउन २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुनसरी र सिरहाका घटनामा मृत्यु भएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय


  • माउन्टेन खबर
  • मङ्लबार, साउन २६, २०८३
  • 57
    SHARES

काठमाडौं-  सरकारले सुनसरी र सिरहाका घटनामा मृत्यु भएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका तीन जना र सिरहाका एक जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।

निर्णयअनुसार सुनसरीमा ज्यान गुमाएका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहतालाई शहीद घोषणा गरिएको छ। त्यस्तै, सिरहामा ज्यान गुमाएका गणेश यादवलाई पनि शहीदको सूचीमा समेटिएको प्रवक्ता पोखरेलले बताए।

सरकारले सम्बन्धित घटनामा ज्यान गुमाएका व्यक्तिहरूको योगदान र परिस्थितिलाई ध्यानमा राख्दै उनीहरूलाई शहीद घोषणा गर्ने निर्णय गरेको जनाएको छ।

बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युत्बाट सञ्चालन हुने एम्बुलेन्स तथा शववाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्ले पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय खोल्न सहमति दिने निर्णयसमेत गरेको छ।
यसैगरी, वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा बाराका निर्मलकुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरिएको छ।

बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित ‘एनसेलको शेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८०’ सार्वजनिक गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)