बिहिबार, साउन २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सम्पादक किशोर श्रेष्ठको निवास र जनआस्थाको कार्यालयमा प्रहरीको छापा


  • माउन्टेन खबर
  • बिहिबार, साउन २८, २०८३
  • 56
    SHARES

काठमाडौँ – जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको निवासमा प्रहरीले छापा मारेको छ । हिजो राति उनको नख्खुस्थित घरमा प्रहरीले छापा मारेको छ ।

 

 

 

जनआस्था अनलाइन संस्करणका सम्पादक राजेन्द्र रिमालका अनुसार प्रहरीले हिजो राति सम्पादक श्रेष्ठलाई पक्राउ गरेपछि घरमा पनि पुगेको थियो । त्यसपछि सम्पादक श्रेष्ठले प्रयोग गर्ने ल्यापटप र उहाँको परिवारका सदस्यको मोबाइल पनि बरामद गरेको थियो ।

 

त्यसैगरी आज बिहान जनआस्थाको कार्यालय सानेपामा प्रहरी पुगेर खानतलासी गरेको छ । सम्पादक रिमालले प्रहरीले कार्यालयमा खानतलासी गरेको जानकारी दिए । उनका अनुसार प्रहरीले कार्यालयका महत्वपूर्ण दस्ताबेज र पत्रिकाका प्रतिहरुसमेत लिएर गएको छ ।

सम्पादक श्रेष्ठलाई हिजो मात्र प्रहरीले नियन्त्रणमा लिएको थियो । उनी अहिले प्रहरी हिरासतमै छन् । समाचारसँग सम्बन्धित विषयलाई लिएर उनलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)