शनिबार, साउन २३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवा बनुवा डाँडाको पहिरो नियन्त्रण गर्न सांसद मोहन आचार्यले गराए सरकारको ध्यानाकर्षण


  • माउन्टेन खबर
  • शनिबार, साउन २३, २०८३
  • 44
    SHARES

काठमाडौँ – रसुवाबाट प्रतिनिधिसभा सदस्य सांसद मोहन आचार्यले पासाङल्हामु राजमार्गको रसुवा खण्डको बनुवा घुम्तीमा पहिरो रोक्न बनाईएको ग्याविन वाल भत्कँदा चीन सँगको अन्तर्राष्ट्रिय नाका जोड्ने सडक बन्दहुने अवस्थामा पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ।

 

 

शुक्रवार  प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद आचार्यले पहिरोको कारण नजिकैका बस्तीहरू  जोखिममा रहेको बताउनु भयो।

जटिल भौगोलिक अवस्था रहेको बनुवामा  Geological Study  गरी यथासिग्र ग्याविन बाल निर्माण गर्न सांसद आचार्यले सरकारको ध्यानाकर्षण गराउनुभयो।

गत वर्ष लेन्दे खोलामा आएको बाढी पछि रसुवागढी  देखी तल्लो तटीय  क्षेत्रमा निरन्तर नदी कटान हुँदा बेत्रावती मैलुङ स्याफ्रुवेशी र रसुवागढी सडक खणडका अधिकांशभाग बगाएको र कैदलीटार पैरेबेशी र स्याफ्रुवेशीमा बस्ती नै बगाउने अवस्थामा पुगेको भन्दै सरकारको ध्यानाकर्षण  गराउनु भयो।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)