आइतवार, भदौ ७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गरिमा चौधरीका परिवार र गृहमन्त्रीविच वार्ता


  • माउन्टेन खबर
  • शनिबार, भदौ ६, २०८३
  • 45
    SHARES

काठमाडौँ –   गृहमन्त्री सुधन गुरुङसंग बलत्कारपछि हत्या गरिएकी बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षिया गरिमा चौधरीका बुवा मनोज चौधरी र आमा मानमती चौधरी सहितको टोलीसंग वार्ता सुरु भएको छ ।

गृहमन्त्रालयमा जारी वार्तामा बालिका हराएदेखिको प्रहरी अनुसन्धान, परिवारले दिएको जाहेरी, शव भेटिएको अवस्था तथा घटनाको अनुसन्धानलगायत विषयमा छलफल हुने बताइएको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका चौधरी साउन ३१ गते बिहानदेखि सम्पर्कविहीन भएकी थिइन् । खोजीका क्रममा भदौ २ गते आफ्नै घर नजिकैको एक घरमा विभत्स तथा अमानवीय अवस्थामा शव फेलापरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

बालिका चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग विभिन्न राजनीतिक दल र विभिन्न सङ्घसंस्थाले पनि विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)