बिहिबार, भदौ ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री


  • माउन्टेन खबर
  • बिहिबार, भदौ ११, २०८३
  • 20
    SHARES

काठमाडौं –  भारतले बाढी प्रभावित नेपालका लागि थप ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री पठाएको छ। भारतले बिहीबार दोस्रो उडानमार्फत औषधि तथा खाद्यान्नका प्याकेटसहितको राहत सामग्री नेपाल पठाएको हो।

भारतीय विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जालमार्फत दोस्रो उडान ३७.५ टन मानवीय सहायता तथा विपद् राहत (एचएडीआर) सामग्री, औषधि र खाद्यान्नका प्याकेटसहित नेपालका लागि उडेको जानकारी दिएका छन्।

जयशंकरले नेपालका अधिकारीहरूसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको जनाउँदै जारी उद्धार तथा राहत प्रयासमा भारतले निरन्तर सहयोग गर्ने बताएका छन्।

यसअघि भारतले बुधबार १० टन मानवीय सहायता तथा विपद् राहत सामग्री र अत्यावश्यक औषधि नेपाल पठाएको थियो।
नेपालमा आएको विनाशकारी बाढीपछि भारतले उद्धार तथा राहत कार्यमा सहयोग बढाउँदै थप सामग्री पठाएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)