बिहिबार, भदौ ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित)


  • माउन्टेन खबर
  • बिहिबार, भदौ ११, २०८३
  • 46
    SHARES

काठमाडौँ –  त्रिशूली नदीमा आएको भीषण बाढीले क्षति पु¥याएको पृथ्वी राजमार्ग सञ्चालनका लागि हिलो र लेदो पन्छाउने कार्य तिब्र पारिएको छ ।

 

 

राजमार्गको बैरेनी खण्डमा थुप्रिएको लेदो हटाउन सुरक्षाकर्मीहरू स्थानीय नागरिकको सहयोगमा परिचालन भएका छन् । यद्यपि, सडकको अवस्था र क्षतिको प्रकृति हेर्दा आजै यातायात सञ्चालनमा आउने सम्भावना न्युन रहेको बताइएको छ ।

बुधवार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवादेखि चितवनसम्मको क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । प्राप्त जानकारीअनुसार हालसम्म १६५ जनाको शव फेला परेको छ भने ८ सयभन्दा बढी नागरिक अझै बेपत्ता छन् ।

सुरक्षा निकाय र सरोकारवाला निकायहरू बेपत्ताको खोजी, राहत वितरण तथा उद्धार कार्यमा सक्रिय रूपमा खटिएका छन् । बाढीले विभिन्न स्थानमा पुल तथा सडक मार्गहरू बगाउँदा संघीय राजधानी काठमाडौंसँग कतिपय जिल्लाहरूको सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ ।

भौतिक संरचनामा पुगेको ठूलो क्षतिका साथै विद्युत आपूर्ति बन्द हुँदा धेरै स्थानमा सञ्चार सम्पर्क समेत अवरुद्ध भएको सरकारले जनाएको छ । सडक सञ्जालमा पुगेको अवरोधका कारण आम नागरिकको दैनिक जनजीवन गम्भीर रूपमा प्रभावित बनेको छ । –न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)