शुक्रबार, भदौ १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवा बाढीः नेपाली सेनाद्वारा १२३ जनाको सकुशल उद्धार


  • माउन्टेन खबर
  • बिहिबार, भदौ ११, २०८३
  • 77
    SHARES

रसुवा – भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित भएका १ सय २३ जनालाई नेपाली सेनाले आज बिहान हेलिकप्टरमार्फत सकुशल उद्धार गरेको छ ।

 

 

नेपाली सेनाकाअनुसार रसुवाको टिमुरे क्षेत्रबाट ९५ जनाको उद्धार गरिएको हो । उद्धार गरिएकाहरूमध्ये २१ जना भारतीय पर्यटक र ८ जना अन्य विदेशी नागरिक रहेका छन् ।

सेनाले विदेशी नागरिकहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी गरेको छ भने अन्यलाई जिल्ला सदरमुकाम धुन्चे पु¥याउने प्रक्रिया अघि बढाएको छ ।

यसैगरी, रसुवाकै हाकुस्थित जलविद्युत् आयोजनाको सुरुङ (टनेल) मा फसेका सात जनालाई पनि जीवितै उद्धार गरिएको छ । सोही आयोजनाका अन्य तीनवटा सुरुङमा रहेका व्यक्तिहरूको उद्धार कार्य अहिले पनि जारी रहेको नेपाली सेनाले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा सेनाले हवाई र स्थल दुवै मार्गबाट उद्धार तथा राहत कार्यलाई तिब्रता दिएको छ ।–न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)